नियम २६
अन्य सरकारी प्रयोगशालाको काम, कर्तव्य र अधिकार
अन्य सरकारी प्रयोगशालाका काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकारले तोके बमोजिमको सेवा शुल्क लिई बीउ बिजनका नमूनाहरू परीक्षण गर्ने ।
(ख) परीक्षण नतिजा अनुसूची–१४ बमोजिमको ढाँचामा सम्बन्धित पक्षलाई उपलब्ध गराउने ।
(ग) प्रयोगशालामा प्राप्त नमूनाहरू मध्ये कम्तीमा दश प्रतिशत नमूनाहरू केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालामा परीक्षणका लागि पठाउने ।
(घ) केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाले पठाएको मध्यस्थ नमूना समयभित्र परीक्षण गरी प्रतिवेदन पठाउने ।
(ङ) केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाले दिएको प्राविधिक सुझाव तथा निर्देशन कार्यान्वयन गर्ने, गराउने
(च) गार्ड स्याम्पल परीक्षण पश्चात कम्तीमा एक वर्षसम्म बीउको गुणस्तर कायम रहने गरी सुरक्षित साथ भण्डार गर्ने ।
(छ) समिति र केन्द्रबाट प्राप्त सुझाव तथा निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने ।